परिचय

सुनौलो नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

वर्तमानको सहकारी बजारमा चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा सापटी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा पुयाएको सहयोग र योगदानबाट हामी सन्तुष्ट रहेका छौं । सहकारीमा आबद्ध सेयरधनि सदस्यहरूलाई दिने प्रतिफललगायत संस्थागत सुशासनमा हामी प्रतिबद्ध रहँद ै आएका छौं । र, सहकारीको आन्दोलनमा कुनै नै कुनै भूमिका निर्वाह गर्ने र गर्दै रहने विश्वास सम्पूर्ण सेयर सदस्य तथा आम नेपाली नागरिकहरू समक्ष प्रतिवद्धता जाहेर गर्दछौं ।

सहकारी र सेयरधनिहरूको बीचमा सहकार्यको बलियो नाता जोडेर सहकारीको विकास र सेयरधनिहरूलाई सहकारीको माध्यमबाट पु¥याउन सकिने सहयोग र सहकारी स्थापना गर्दाको उद्देश्यहरूलाई मार्गनिर्देशन मान्दै र सम्बन्धित सहकारी निकायबाट प्राप्त सुझाब, सल्लाह र निर्णयलाई अक्षरशः पालना गर्नु हाम्रो पहिला ेदायित्व हो । सोही अनुसार लेखा समिति र आन्तरिक वा बाह्य लेखापरीक्षकहरू बाट प्राप्त सुझाबमा टेकेर अगाडि बढ्ने प्रतिबद्धता हामीले स्थापना कालदेखिन ैपालना गर्दै आएका छौं । भविष्यमा पनि सोही अनुसार अगाडि बढ्ने दृढ संकल्प गर्न चाहन्छु ।

वियोगी बुढाथोकी

अध्यक्ष

हाम्रो उद्देश्य

संस्थामा संलग्न सदस्यहरू र जनसमुदायबीच स्वाबलम्वन, पारस्परिक सहयोग एवं मितब्ययिताको अभिबृद्धि गरी नियमित गर्ने बानी बसाल्ने ।

नियमित रुपमा सदस्यहरूबाट निक्षेप प्राप्त गर्नुकासाथै सदस्यहरूलाई उचित ब्याज दरमा ऋण प्रदान गर्ने ।

उत्पादनशील, सेवामुलक, आयमुलक तथा शीपमुलक उद्देश्यकालागि सदस्यहरूलाई उचित ब्याज दरमा ऋण प्रदान गर्ने ।

सदस्यहरूबाट तोकिए बमोजिमको सेवा शुल्क स्वीकार गरी सदस्य तथा समुदायकोलागि सहकारिताको आधारमा विभिन्न आयमुलक स्वास्थ्य तथा शिक्षा सेवाका कार्यहरू संचालन गर्ने ।

सदस्यहरूबाट संकलित रकमबाट संस्था तथा सदस्यहरूको आय आर्जन गर्ने अभिप्रायले छात्रावास, चमेना गृह, पार्किङ, सार्वजनिक शौचालय, ओषधि पसल, टेलिफोन सेवा सञ्चालन गर्ने ।

सुनौलो नेपाल नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१३ औं वार्षिक साधारणसभा सम्पन्न

नेपालको सहकारी अभियानको शुरुवात वि.सं. २०१३ सालबाट भएको र भनिन्छ हालसम्म बहुउद्देश्यीयलगाएत विभिन्न विषयगत प्रकृतिका ३५ हजार सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् । सहकारी संस्थाहरूले आम नेपाली नागरिकहरूलाई सहकारी आन्दोलनमा समावेश गराई, जनताको जीवनस्तरसँग सम्बन्धित हरेक क्रियाकलापहरूमा सहकारीकरण गरी सहकारीलाई वित्त, उत्पादन तथा वितरणको क्षेत्रलाई लक्षित गरी अगाडि बढिरहेको र अझै बढ्नु वर्तमान समयको माग र अबस्था हो । भनिन्छ ७० लाख नागरिकहरू यसमा आबद्ध भएका छन् । त्यसैले सहकारी सर्वसाधारणको अभिन्न अंग बनेको छ । आम नेपाली जनताहरू (निम्न वर्गीय, मध्यम वर्र्गीय र उच्च वर्गीय) सबै तप्काको भावनालाई उच्चसम्मान र आत्मसात गर्दै गरेको वर्तमान अबस्था हो भन्दा फरक नपर्ला । देशका सबै जिल्लामा यस्को सञ्जाल पुगेको मानिन्छ । यसै सञ्जालमा मिसिने क्रममा नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, डिभिजन सहकारी कार्यालय, काठमाडौंमा २०६४ साल असार ६ गते ११५५।०६३।०६४ मा दर्ता भई कार्यरत रहेको सहकारी संस्थाको नाम हो सुनौलो नेपाल बहुउद्देश्य सहकारी संस्था लि. । जो गोकर्णेश्वर नगरपालिका वडा नं. ८, अत्तरखेल, काठमाडौंमा सञ्चालित रहेको छ । हामीले हाम्रो सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न गरी सकेको अवस्था हो ।